बैतडीमा खसी कप क्रिकेट हुने

बैतडी- बैतडीमा टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । शरथचन्द नगरपालिका-२ देहिमाण्डौैंस्थित निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

Karma Consultancy

निङ्गलाशैनी खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता यही जेठ ३१ गतेबाट सुरु हुने बताइएको छ । आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जेठ २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र खेलतालिका जेठ ३० गते सार्वजनिक गरिने बताए । टिम दर्ता शुल्क ४ हजार ५ सय रुपैयाँ राखिएको छ ।

citizen security services

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै म्यान अफ द सिरिजलाई २.५ केजी कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५केजी कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ । म्यान अफ दी म्याच, ह्याट्रिक, शतक, सर्वाधिक चौका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

attariya hospital

प्रतियोगितामा सहभागी हुने टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्ने आयोजकले जनाएको छ । २५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदानमा उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.