
काठमाडौँ- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एक हजार ८ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन अस्ति मंगलबार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो भने हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

















