सुदूरपश्चिमका दुई ठुला आयोजनाका लागि ४ अर्ब ८७ करोड बजेट विनियोजन

अत्तरिया – सुदूरपश्चिमका दुई ठुला आयोजनाहरुका लागि संघीय सरकारले ४ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।

maya metro hospital

मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सुदूरपश्चिमका राष्ट्रिय आयोजनाका रुपमा रहेका रानी–जमरा कुलरिया सिँचाई आयोजना र महाकाली सिँचाई आयोजनका तेस्रो चरणका लागि ४ अर्ब ८७ करोड बजेट विनियोजन गरेको बताएका हुन ।

उनले कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानी–जमरा–कुलरिया सिँचाई आयोजनाका लागि २ अर्ब ८७ करोड र कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि २ अर्ब बजेट विनियोजन गरिएको बताए ।

attariya hospital

संघीय सरकारले राजी–जमरा–कुलरिया र महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.