कञ्चनपुरमा अबैध काठसहित ट्याक्टर नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरमा अवैध काठ बोकेको ट्रयाक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पुनर्वास नगरपालिका – ११ अमरबस्तीबाट मंगलबार बिहान अवैध काठ बोकेको से १ त ३८७३ नम्बरको ट्रयाक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

Karma Consultancy
belauri nagarpalika

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक वीरचन्द्र भट्ट नेतृत्वको गस्ती टोलीले उक्त ट्रयाक्टरको ट्रलीमा भरिएको १४० दशमलव ८५ क्युफिट सालका १२ थान गोलिया बरामद गरेको जनाएको छ ।

citizen security services

भारतीय दुधुवा नेशनल पार्क नजिकको वन क्षेत्रबाट नेपालतर्फ आइरहेको उक्त ट्याक्टरसहित काठ बरामद गरेर कुण्डा सव–डिभिजन वन कार्यालय पच्कडियाको जिम्मा लगाइएको बताईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.