कैलाली कञ्चनपुरबाट पौने ८ लाख बराबरका भन्सार छलिका सामान बरामद

अत्तरिया – कैलाली कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले पौने ८ लाख बराबरका भन्सार छलीका सामानहरु बरामद गरेको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ७ लाख ७७ हजार ७३० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

maya metro hospital

प्रहरीले कैलालीकाधनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका विभिन्न स्थानबाट १ लाख ५८ हजार ८३० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । पक्राउ गरिएका सामग्रीहरुमा कस्मेटिक सामान, मोजा, पर्स, कपडा, प्लाष्टिक झिल्ली, धानको बिउ, तरकारीमा प्रयोग हुने बिषादी, धुप, एसियन पेन्ट, बाइकको लिभर, गङ्गा तेल, मिठाई, इमली लगायत रहेको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरबाट प्रहरीले ६ लाख १८ हजार ९ सय बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले जिल्लाका भिमदत्त, पुर्नवास, बेलौरी र दोधारा चाँदनी नगरपालिकाका विभिन्न स्थानबाट उक्त रकम बराबरका सामान बरामद गरेको हो ।

attariya hospital

बरामद गरिएका सामग्रीहरुमा काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, अन्डरवेयर, सुट, थान कपडा, कुर्ती, स्प्रिङ स्टिल बैर, स्प्रे, सिल्भरतार, हार्डबेयरको सामान, किरानाको सामान, कस्मेटिकको सामान, स्टेसनरीको सामान, पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा, मोटरसाईकल थान–१ लगायत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.