कञ्चनपुरबाट सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्धामा फरार प्रतिवादी पक्राउ

अत्तरिया – कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको बेदकोट नगरपालिका – ३ दैजीका ४८ वर्षिय दिपेन्द्र प्रसाद पनेरुलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

२०८० पुष २५ गतेको विशेष अदालत बबरमहल काठमाण्डौको फैसलाले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्ट्राचार गरेको भन्दै पनेरुलाई ३ वर्ष कैद र ११ लाख ६९ हजार ४२ रुपैया ४४ पैसा जरिवाना सुनाएको थियो ।

अदालतले दोषी ठहर गर्दा फरार रहेका उनलाई पक्राउ गरेर जिल्ला कारागार चलान गरेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.