अत्तरिया – कञ्चनपुरका करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका – २ कटानकी ५५ वर्षिया द्रोपती चौधरीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै कच्ची घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।