गोदावरी – २ को वडाभेला सम्पन्न, आगामी आव का लागि ८३ लाख ५८ हजार बजेट प्रस्तुत

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ को वडा भेला सम्पन्न भएको छ । सोमबार एक औपचारीक कार्यक्रमका बिच वडाको आठौँ वडा भेला सम्पन्न भएको हो ।

Karma Consultancy

वडाध्यक्ष यज्ञ महराको सभापतित्वमा सम्पन्न भेलाका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया रहेकी थिईन ।

citizen security services
belauri nagarpalika

वडाले आगामी आर्थिक वर्षका लागि ८३ लाख ५८ हजार ३३९ रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । नगरले दिएको बजेट सिलिङ अनुसार वडाका लागि समानिकरण तर्फ ६० लाख र सुत्रमा आधारिततर्फ २३ लाख ५८ हजार ३३९ रुपैया आएको छ ।

attariya hospital

उक्त बजेटलाई वडाले विभिन्न शिर्षकमा छुट्याएको छ । वडाले पुर्वाधार विकास तर्फ ४७ लाख बजेट छुट्याएको छ भने सामाजिक विकास तर्फ १५ लाख ५८ हजार ३३९ रुपैया छुट्याएको छ । यसैगरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ लाख र सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ वडाले १० लाख रुपैया छुट्याएको छ ।

वडाले चालु आर्थिक वर्षको हालसम्म करिब ७० लाख रुपैया राजश्व समेत उठाईसकेको वडासचिव दिव्यकुमारी जोशीले बताएकी छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.