अत्तरिया बजार महिनामा दुई दिन बन्द हुनुपर्ने भन्दै व्यापारीले नै चलाएर अभियान

अत्तरिया – कैलालीको अत्तरिया बजार महिनामा दुईदिन बन्द हुनुपर्ने भन्दै व्यापारीहरुले नै हस्ताक्षर अभियान सञ्चालन गरेका छन । अत्तरिया उद्योग वाणिज्य संघले महिनाको दुई दिन बन्द गर्दै आएकोमा केही व्यवसायीले अटेरी गर्न थालेपछि व्यवसायीहरु स्वयम्ले अभियान सञ्चालन गरि बजार बन्द गर्नुपर्ने बताएका हुन ।

maya metro hospital

संघले प्रत्येक महिनाको १५ र २८ गते गरी दुई दिन बजार बन्द गर्ने निर्णय गरेको थियो । केही व्यवसायीहरुले संघको उक्त निर्णय नमानेर पसल खोल्ने गर्दै आएका थिए । त्यसको विरोधमा सोमबार जय केदार सपिङ्ग सेन्टरका सञ्चालक व्यवसायी बिराज बिष्टको संयोजकत्वमा हस्ताक्षर अभियान चलाईएको छ ।

हस्ताक्षर अभियानमा ३ सय ५० जना व्यापारीको हस्ताक्षर संकलन गरिएको संयोजक बिष्टले बताए । उनले हाईवेमार्ग बजारमा व्यापार गरिरहेका व्यापारीहरुको पसलमै गएर हस्ताक्षर संकलन गरेको बताए ।

attariya hospital

सबैको पसल सम्म पुग्न नसकिएपनि सबै व्यवसायीहरुले महिनाको १५ र २८ गते बजार बन्द गर्न सहमति जनाएको उनले बताए । उनले महिनाको दुई दिन बजार बन्द गरेर सहयोग गरिदिन पनि सबै व्यापारीहरुमा आग्रह गरेका छन् ।

अत्तरिया उद्योग वाणिज्य संघले पनि उक्त अभियानको समर्थन गरेको छ । संघका कोषाध्यक्ष हेमराज भण्डारीले संघले विगतदेखी नै महिनाको दुई दिन बन्द गर्ने निर्णय गरेको बताए । उनले व्यापारीहरुसँगकै छलफलबाट महिनाको दुई दिन बन्द गर्ने निर्णय भएकोमा केही व्यवसायीहरुले भने अटेरी गर्दै आएको बताए । उनले संघको निर्णय अनुसार नै बन्द हुनुपर्ने व्यापारीहरुको अभियानको पनि उद्देश्य रहेकाले आफुहरुको समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.