कञ्चनपुरबाट लागूऔषध सहित दुई जना पक्राउ

अत्तरिया – कञ्चनपुरबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन । आईतबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका – ७ कालोपुलबाट कैलालीका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका – ७ का २८ वर्षिय प्रेम ठकुल्ला र २५ वर्षिय किरण बोहरा रहेका छन । उनिहरुको साथबाट ०.३२ ग्राम लागूऔषध खैरो हिरोईन र एक थान मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको बताईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.