अत्तरिया – कैलाली र कञ्चनपुरबाट भन्सार छली ल्याईएका करिब ६ लाख बराबरका सामग्रीहरु बरामद गरिएको छ ।

आईतबार कैलालीको धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिका का विभिन्न स्थानबाट प्रहरीले २ लाख ४७ हजार ९९० रुपैया बराबरका सामग्रीहरु बरामद गरेको हो भने कञ्चनपुरका विभिन्न स्थानबाट ३ लाख ५९ हजार ६३० रुपैया बराबरका सामग्री बरामद गरिएको हो ।

बरामद गरिएका सामग्रीहरुमा प्याज, चिनी, मिश्री, बिडि, सुर्ती, सरफ, पास्ता, लेडिज कुर्ता, जेन्स टि–सर्ट, खुर्सानी, लेदर बेल्ट, बेल्टको कडा, टेन्ट सेट कपडा, मिठाई, कुखुराको चल्ला, माछा, एक थान मोटरसाईकल तथा साइकल रहेका छन । उक्त सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मातहत गएका प्रहरी टोलीले बरामद गरेको बताईएको छ ।
