गोदावरीका २ सहित कैलालीबाट ६ जना फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीबाट गोदावरीका २ सहित ६ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले दोषी ठहर गरेका ६ जना फरार प्रतिवादीलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

पक्राउ पर्नेमा बन मुद्दामा २६ हजार ५३० जरिवाना ठहर भएका गोदावरी – ९ का ४० वर्षिय पुरन राना र बैकिङ् कसुर मुद्दामा एक हजार जरीवाना ठहर भएका गोदावरी – २ का ३१ वर्षिय नेत्र कामी रहेका छन ।

यस्तै अर्काको परिक्षा दिए सम्बन्धि मुद्दामा २५ हजार जरीवाना ठहर भएका कञ्चनपुरको बेलौरी –.३ का २३ वर्षिय बिकास जैशी, पुनर्वास – ८ की २२ वर्षिया सिमा तिमिल्सेना, अछामको मेल्लेख गाउँपालिका – ६ का १८ वर्षिय एक किशोर र सोही ठाउँका ३० वर्षिय कृष्ण बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

attariya hospital

यसैबिच जिल्ला अदालत कञ्चनपुरबाट लागूऔषध मुद्दामा ४ महिना १० दिन कैद र २ हजार जरिवाना ठहर भई फरार रहेका भिमदत्त –.२ का २५ वर्षिय लोकेश शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.