आगामी आव का लागि गोदावरी -१ ले ल्यायो ८३ लाख बजेट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख १७ हजार ८०७ रुपैया को बजेट ल्याएको छ । सोमबार वडा भेलाको आयोजना गर्दै वडाले नगरले पठाएको बजेट सिलिङ अनुसार सो मात्रामा बजेट ल्याएको जनाएको हो ।

maya metro hospital

नगरले पठाएको बजेट सिलिङ अनुसार वडाको समानिकरण बजेट ६० लाख रहेको छ भने २३ लाख १७ हजार ८०७ रुपैया सुत्रमा आधारित बजेटमा राखिएको छ । उक्त बजेटमा वडाले पुर्वाधार बिकासमा ४८ लाख, सामाजिक बिकासमा १३ लाख ५० हजार, आर्थिक बिकासमा १२ लाख, वातावरण तथा बिपद ब्यवस्थापनमा ५० हजार र सुशासन तथा संस्थागत बिकासमा ९ लाख १७ हजार ८०७ रुपैया छुट्याएको छ ।

वडाले चालू आर्थिक वर्षमा ६२ लाख ५४ हजार १४३ रुपैया राजस्व उठाएको देखिएको छ । जस अन्तरगत वडाले सम्पत्तिकरवाफत ६ लाख ८७ हजार ६८२, भुमिकरवाफत १ लाख ६७ हजार ८१९, बहालकरवाफत २७ लाख ७ हजार ८००, सिफारिस दस्तुरवाफत ६ लाख २० हजार ६३२ र अन्य दस्तुरवाफत १ लाख ९७ हजार २५७ राजस्व संकलन गरेको छ ।

attariya hospital

यसैगरी अन्य करवाफत ७५०, ब्यक्तिगत घटनादर्ता दस्तुरवाफत ७४ हजार ३००, नाता प्रमाणित दस्तुरवाफत ५१ हजार ४६०, प्रसाशनिक दन्ड जरिवाना वाफत १ लाख ७७ हजार १४० र ब्यवसाय कर वाफत १५ लाख ६९ हजार ३०० रुपैया राजस्व संकलन गरेको वडाध्यक्ष गोपाल दत्त भट्ट ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.