धनगढी – धनगढीमा बदेँलको आक्रमणबाट एक महिला घाईते भएकी छन । धनगढी उपमहानगरपालिका – ११ फुलबारीकी ४५ वर्षिया धनीराम चौधरी बदेँलको आक्रमणबाट घाईते भएकी हुुन ।
सोहि ठाउँको भाकल सामुुदायिक वनको नर्सरीमा घाँस काट्ने क्रममा बँदेलले चौधरीलाई आक्रमण गरेको बताईएको छ । घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।