सुदूरपश्चिममा मनाईयो प्रेस युनियनको ३३ औँ स्थापना दिवस 

 

धनगढी – सुदूरपश्चिममा नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवस मनाईएको छ । प्रेस युनियन कैलाली शाखाको आतिथ्यमा सुदूरपश्चिम प्रदेश कमिटीले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

maya metro hospital

प्रेस युनियनमा आवद्ध पत्रकारहरुले आईतबार बिहान धनगढीस्थित राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेका थिए भने त्यसपछि ९ वटै जिल्लाबाट सहभागी नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरु विच शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका ९ वटै जिल्लाका जिल्ला सभापतिहरुले प्रेस युनियनको जिल्लाको अवस्था र आगामी २६ गते हुने नेपाल पत्रकार महासंघको नियर्वाचनको तयारीका बारेमा जनकारी गराएका थिए ।

प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष प्रेम चुनारा, उपमहासचिव रविन्द्र सुवेदी लगाएको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियनका कैलालीका शाखा सदस्य शंकर बोहराले संञ्चालन गरेको कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष सिताराम ओझाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा ५० बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.