कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

अत्तरिया – कैलालीमा लागु औषध सहित एक जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका – ८ बुद्ध चोकबाट सोही ठाउँका २६ वर्षिय नविन चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

शंका लागि चेकजाँच गर्दा चौधरीको साथबाट २ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हिरोईनका साथै २५ हजार नेपाली तथा १० हजार भारतिय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बताईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.