कैलालीमा अवैध सालको काठ सहित ४ जना पक्राउ

अत्तरिया – कैलालीमा काठ तस्करीमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका – १६ त्रिनेत्र सामुदायिक बनबाट काठ तस्करी गरी ओसारपसार गरिरहेका सोही वडाका ४ जनालाई प्रहरीले गोरुगाडा सहित पक्राउ गरेको हो ।

Karma Consultancy

पक्राउ पर्नेमा ३२ वर्षिय अशोक चौधरी, ४१ वर्षिय धानिराम चौधरी, २० वर्षिय राहुल चौधरी र ५७ वर्षिय मनिराम जोशी रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई ४०.२५ क्युफिट अवैध सालको काठ सहित पक्राउ गरिएको हो ।

citizen security services

प्रहरीले अबैध काठ सहितको गोरु गाडा र मानिसहरुलाई आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.