धनगढीमा बालग्राम स्थापनाका लागि बजेट माग

धनगढी – धनगढीमा बालग्राम स्थापनाका लागि बजेट माग गरिएको छ । नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई ज्ञापन पत्र बुझाउदै धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापनाका लागी बजेट माग गरेको हो ।

maya metro hospital

ज्ञापन पत्र बुझाउँदै संगठनका सुदूरपश्चिम प्रदेश समिति सभापति चुडामणि भट्टले धनगढीमा बालग्राम स्थापनाको आवश्यकता महसुस भएको बताए । उनले त्यसका लागि बजेट अभाव रहेकाले बजेटको जोहो गरिदिन मन्त्री चौधरीलाई आग्रह गरे ।

धनगढीमा अभिभावक विहीन धेरै बालकहरू सडकमा भौतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै उनले बढी क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको बताए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

attariya hospital

‘१ विगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रुपमा अगाडि बढाउन खोजिरहेका छौँ’ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ ।’

नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताईन । उनले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गरिन् । बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले आग्रह गरेकी थिइन् । उनले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनुपर्ने अवस्था रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.