कञ्चनपुरको कुतियाकवर क्षेत्रको मन्त्री चौधरीद्धारा अवलोकन

कञ्चनपुर – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले कञ्चनपुरको कुतियाकवर क्षेत्रको अवलोकन गरेकी छन । शनिबार मन्त्री चौधरी र मन्त्रालयका सचिवसहितको टोलीले बाढीको उच्च जोखिममा जिल्लाको दोधाराचाँदनी नगरपालिका – १० स्थित उक्त क्षेत्रको अवलोकन गरेको हो ।

maya metro hospital

बाढीको उच्च जोखिममा रहेको उक्त क्षेत्रमा गैरसरकारी संस्था निड्स नेपालले काम गर्दै आएको छ । विपद् व्यवस्थापनको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएको निड्स नेपालले उक्त क्षेत्रमा गरेको कार्यप्रगतीको बारेमा जानकारी लिन मन्त्री चौधरी सहितको टोली उक्त स्थानमा पुगेको हो ।

अवलोकनपछि मन्त्री चौधरीले उक्त क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले मन्त्रालयबाट ठुलो बजेटका लागि पहल थाल्ने बताईन । उनले उक्त क्षेत्रमा नदीले गर्ने कटान र डुबान नियन्त्रण तथा तटबन्ध निर्माणका लागि सानो बजेटले सम्भव नहुने बताउदै मन्त्रालय गएर मन्त्रालयगत रूपमा छलफल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन ।

attariya hospital

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदीको पानीको सदुपयोग र बाढीको जोखिमबाट कसरी बच्ने भन्ने उद्देश्यले काम गर्दै आएको बताए । उनले महिला सशक्तीकरण केन्द्र सञ्चालन गरी महिलाहरूलाई सशक्त बनाई समुदायलाई उत्थानशील बनाउने कार्य निड्स नेपालले गर्दै आएको बताए ।

कुतियाकवर समुदाय महाकाली र जोगबुडा नदीले घेरिएको मात्र नभई भारतीय दशगजा सीमा नजिकै छ । करिब ४२ घरपरिवार रहेको यो समुदायका बासिन्दाहरूको आम्दानीको श्रोत कृषि हो । तर बर्षेनि बर्सातमा खेतीयोग्य जमिन नदीले कटान गर्दा र डुबान हुँदा कुतियाकवरबासी समस्यामा पर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.