कञ्चनपुर – कञ्चनपुरका विभिन्न सामुदायिक बनहरुबाट प्रहरीले ३ सय क्विन्टल मासु सहित हतियार बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका – ९ राजघाटको जानकी सामुदायिक बनबाट डेढ सय क्लिन्टल चित्तलको मासुसहित हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै पिपरिया स्थित सामुदायिक बनबाट पनि पाँचवटा चित्तलको टाउकोसहित डेढ सय क्विन्टल वन्यजन्तुको मासु बरामद गरिएको बताईएको छ ।
राति प्रहरी गस्ती टोलीले जंगलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा सिकारी समूहबाट मासुसहित घरेलु हतियार र एक मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले सिकारी समूहबाट से.१ प ४१११ नम्बरको एक थान मोटरसाइकलसहित मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको बताएका छन् ।
सिकारी समूहलाई पक्राउ गर्ने क्रममा सुराकी समूहले एक राउण्ड गोली समेत चलाएको उनले बताए । बरामद गरिएको मासु, हतियार र अन्य सामग्री वन कार्यालयको जिम्मा लगाएको प्रहरीले बताएको छ । प्रहरी गस्ती टोलीले सिकारी समूहको योजना विफल बनाउने प्रयास गरेको भए पनि गोली प्रहार गर्ने समूहको पहिचान भने हुन सकेको छैन् । बरामद गरिएको मोटरसाइकलका आधारमा सिकारी समुहको पहिचान गर्न सकिने गरी अनुसन्धान भइरहेको छ ।