खाेज्नुहाेस

अत्तरियामा सम्पन्न भेट्रान्स कपको उपाधी अनुपमा अलराउन्डर्सलाई

Image

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित भेट्रान्स कप क्रिकेट प्रतियोगिताको उपाधी धनगढीको अनुपमा अलराउन्डर्सले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा अत्तरियाको टिम माईकिज क्याफेलाई ३ विकेटले पराजित गर्दै अनुपमाले उपाधी जित्न सफल भएको हो ।

टस जितेर ब्याटिङ रोजेको टिम माईकिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१६ रनको विशाल स्कोर खडा गरेको थियो । माईकिजका लागि सुभेन्दु पाण्डे एक्लैले १२२ रनको पारी खेलेका थिए । यस्तै मान बहादुर मल्ले ३३ रनको नटआउट रहदै ३३ रनको योगदान दिए । बलिङमा अनुपमाका आशिष धामिले ४ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए ।

attariya hospital
navjiwan hospital

२१७ रनको विशाल स्कोर पछ्याउन मैदान उत्रिएको अनुपमाको सुरुवात धमाकेदार थियो । अनुपमाका ओपनर ब्याट्सम्यान दुवैले टिमलाई मजबुत स्थितीमा पु¥याउदै ८२ रनको साझेदारी गरे । ओपनर खेलाडी महेन्द्र चन्दले ४२ र सुर्यकमल श्रेष्ठले ३९ रनको योगदान दिए । यस्तै विर महता ३५, सुरज चन्द ३४ तथा मनोज घटालले २६ रन बनाए ।

बलिङमा टिम माईकिजका मान बहादुर मल्लले ३ तथा प्रदिप तिवारीले २ विकेट लिए ।

उपाधी जितेसँगै अनुपमाले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको टिम माईकिजले नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी खेलाडी तथा टिमलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो ।

maya metro hospital