बेलौरीबाट भन्सार छली ल्याएका हार्डवेयरका सामान बरामद

सन्तोष पन्त, कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट भन्सार छली ल्याएका अवैध हार्डवेयरका सामान बरामद गरिएको छ । प्रहरीले शनिवार बेलौरी नगरपालिका –६ नकैयाबाट ३ लाख ६१ हजारको भन्सार छलीको हार्डवेयरका समान बरामद गरेको हो ।

maya metro hospital

सशस्त्र प्रहरी गुल्मका डिएसपी मदन धानुकको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलमा भारतबाट भित्र्याएको उक्त सामान बरामद गरेको गुल्मले जनाएको छ । तस्कर भने प्रहरी देख्ने बित्तिकै फरार भएको बताइएको छ ।

पछिल्लो केही दिन यता सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा पुर्नवास, बेलौरी र बेलडाडीबाट धमाधम तस्करीको सामान फेला पर्न थालेको छ । जेठ ३ गते सशस्त्र प्रहरीले बेलडाँडी गाउँपालिका – ३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको गहुँ लगायतका सामान बरामद गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.