अत्तरिया – कञ्चनपुरबाट प्रहरीले साढे ८ ग्राम लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ शुक्लाफाटा नगरपालिका – ५ बनसमिती स्थित होटलबाट २ जना र भीमदत्त नगरपालिका – ९ मटेनाबाट १ जना पक्राउ परेका हुन ।

शुक्लाफाटाबाट पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय शैलेन्द्र बहादुर सिह र भीमदत्त नगरपालिका – १ घर भएका राजेन्द्र पाण्डे र हेका छन । पाण्डे बनसमितिमा होटल सञ्चालन गरेका छन । दुबैजना प्रहरीले होटलमा चेकजाँच गर्दा लागूऔषध सहित पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ४.५५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शुक्रबार साँझ नै मटेनाबाट बेदकोट नगरपालिका –८ गैलनदीका २१ वर्षीय प्रकाश टेर पक्राउ परेका थिए । उनको साथबाट ४.०७ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित प्रिगाबालिन १० ट्याबलेट र लिकुफ १० ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।