बाजुरा- बाजुरामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोली पक्राउ परेका हुन् ।
मदनले पीडित किशोरीकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।