कैलाली- कैलालीको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।