कैलाली कञ्चनपुरबाट ६ लाख बढीको अवैध सामान बरामद

अत्तरिया – कैलाली कञ्चनपुरबाट ६लाख बढीको अवैध सामान बरामद गरिएको छ । बिहिबार कैलालीको धनगढी, भजनी, टीकापुर, गौरीगंगा, जोशिपुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढीको ट्राफिक चौराहा, बसपार्क, फुलवारी, भजनी नगरपालिकाको थापापुर, खैरा, टीकापुर नगरपालिका – ७ वैदी, गौरीगंगा नगरपालिका – ४ खुरखुरिया, जोशिपुर गाउँपालिका – १ पिपलकोटी, जोशिपुर – ४ बाणी, कैलारी गाउँपालिका – ४ के गाउ ग्राउण्ड, कैलारी –५ पबेराबाट एकैदिन ५ लाख ३४ हजार ६९० रुपैयाँ बराबरको अवैध सामान फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जसअन्तरगत प्याज, चिनी, सुर्ती, बिडी, चियापत्ती, प्लाष्टिक झिल्ली, जिरा, पानीपुरी, कस्मेटिक सामान, कुर्ती, सुरवाल, सुटपिस, हार्डवेयरका सामान, मोटरसाईकल लगायतका सामानहरु नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

यस्तै बिहिबार नै भिमदत्त नगरपालिकाको बिद्युत कार्यालय नजिक र बासखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको ९२ हजार ३५६ मुल्य बराबरको कस्मेटिक, अन्डरबेयर, बर्थ–डेको सामान, बच्चाको साईकल, खुद्रा सामान, किरानाका लगायतका सामानहरु बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.