कैलालीमा आगलागी हुँदा ८ लाखको क्षती
अत्तरिया – कैलालीमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ लाखको क्षति भएको छ । बिहिबार साँझ जानकी गाउँपालिका – ३ भगतपुरका मनदरी ठकुल्ला थापाको एकतले पक्कि घरमा आगलागी हुँदा ७ लाख ९२ हजार १२५ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर भित्र रहेका नगद, सुन, चाँदी, खाद्यान्न लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।