कञ्चनपुरको एक कपास उद्योगमा आगलागी हुँदा ६० लाखको क्षति
अत्तरिया – कञ्चनपुर भिमदत्त नगरपालिका – ६ नौलाखेत खैरानी चौराहामा रहेको सिद्दनाथ कपास उद्योगमा आगलागी भएको छ । बिहिबार बिहान भएको आगलागीमा ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जगत सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित भवनमा आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समानहरू जलेर नष्ट भएका छन ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।