गोदावरी इटा उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ३ कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । बिद्युतिय मोटर जडित नल्कामा पानी पिउने क्रममा करेन्ट लागेर भारतको लख्खिमपुर घर भई उद्योगमा काम गर्ने वर्ष ५५ वर्षीय शिव राज गौतमको मृत्यु भएको हो ।

maya metro hospital

बुधबार करेन्ट लागेर गम्भिर घाईते भएका गौतमको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.