कञ्चनपुरमा भन्सार छलीको सामान फेला

अत्तरिया- कञ्चनपुरमा भन्सार छलीको सामान फेला परेको छ । प्रहरीले मंगलबार भीमदत्त नगरपालिका-१० गज्जर टोल, भीमदत्त-१७ बाँसखेडा, बेलौरी नगरपालिका-१० सडकघाट र पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७८ हजार ८७६ मूल्यका सामान फेला पारेको हो ।

maya metro hospital

पेय पदार्थ, बिस्कुट, सुर्ती, बिडी, खानेतेल, कागती, खुर्सानी, गेरु, सानो माईली माला, कान्छी माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल पाता, खरगोटी, रातो कपडा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.