बैतडीकी बेलुको मृत्यु, लडेर घाइते भएकी थिइन्

बैतडी- बैतडीको पाटन नगरपालिका-६ पौडीकी ६८ वर्षीया बेलु विष्टको मृत्यु भएको छ । प्रहरीका अनुसार उनको मंगलबार बेलुका पौने ५ बजेतिर मृत्यु भएको हो ।

maya metro hospital

मृतक विष्ट तीनचार दिनअघि घर नजिकै लडेर घाइते भएकी भएकी थिइन् । उनलाई मंगलबार मात्रै उपचारका लागि पाटनस्थित डिएस पोलिक्लिनिकमा ल्याइएको थियो ।

उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी विष्टको सोही ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.