अत्तरिया – कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १ स्थित अत्तरिया बजारमा अनुगमन गरेको हो । बजारमा पसल दर्ता र नविकरण गरिएको नगरिएको बारेमा अनुगमन गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन ।
उनले बजार अनुगमनका क्रममा धेरै व्यवसायीहरुले पसल वडामा दर्ता नगरेको पाइएको बताए । ‘गोदावरीमा सबै व्यवसायिलाई वडामा दर्ता गर्न लगाउने अभियानमा हामी छौ’ उनले भने ‘तर अहिले बजारमा एक सयमा १० प्रतिशतले मात्रै दर्ता गरेका छन । दर्ता गरेकाले पनि नविकरण गरेका छैनन् ।’
नगरपालिकाले सोमबार देखि अत्तरिया बजारमा अनुगमन सुरु गरेको थियो । अनुगमनका क्रममा अधिकांस पसलहरु वडामा दर्ता नभएको पाइएको राजश्व शाखा प्रमुख चौधरीले बताएका छन । वडा सदस्य गम्भिर साउँदले दर्ता नभएकाहरुको विवरण लिएर आगामी दिनका के कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय गरिने बताए ।