खाेज्नुहाेस

धनगढीले पायो जेरो वेष्ट सिटिज नेटवर्कको सदस्यता

Image

धनगढी – ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सले धनगढी उपमहानगरपालिकालाई सदस्यता प्रदान गरेको छ । फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै धनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कक संस्थापक सदस्यता मिलेको हो ।

navjiwan hospital

उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी गरिरहेको प्रयास एवं स्वच्छता सम्बन्धी पहललाई कदर गर्दै जेरो वेष्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

attariya hospital

जेरो वेष्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका ५५० सहर आबद्ध रहेका छन् । नेपालका धनगढीसहित अन्य २ नगरपालिका आबद्ध छन् ।