खाेज्नुहाेस

एक लाख ४० हजार पुग्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य एक हजार छ सयले बढेर तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च हो । यसअघि गत वैशाख ७ गते सुनको मूल्य सबैभन्दा उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital