ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ घाइते

ताप्लेजुङ- ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको हो ।

Karma Consultancy

दुर्घटनामा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङको मृत्यु भएको छ । सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए ।

citizen security services

घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.