धनगढीमा ४ लाख बढीको अवैध सामान फेला

अत्तरिया- धनगढीमा ४ लाख बढीको अवैध सामान फेला परेको छ । मंगलवार धनगढी यपमहानगरपालिका-३ पक्कीकुवा र धनगढी-४ सौराई पार्टी प्यालेस नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख ७०० मूल्यको सामान फेला परेको हो ।

maya metro hospital

प्याज, चिनी, कुर्ती, धोती, गम्छा लगायतका उक्त मूल्यका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.