खाेज्नुहाेस

भारतमा हराएकी बैतडीकी बालिका भेटिइन्, अपहरणमा परेकी थिइन्

Image

 बैतडी- भारतमा हराएकी बैतडीकी एक बालिका भेटिएकी छन् । सोमवार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट हराएकी मेलौली नगरपालिका–३ कुजागाड चिनाडकी १० वर्षीया हेमन्ती चन्द भेटिएकी हुन् ।

navjiwan hospital

उनी अपहरणमा परेकी र सकुशल उद्धार गरिएको बताइएको छ । मंगलवार राति १० बजे मेहरोलीको छत्रपुर मेट्रो स्टेशनबाट हेमन्तीको सकुशल उद्धार गरिएको भारतमा रहेका मेलौलीका स्थानीय भवानी भट्टले बताए ।

attariya hospital

पसलमा सामान किन्न गएकी उनलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको थियो । सोही आधारमा खोजी गर्दा उनको सकुशल उद्धार गरिएको र अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको भट्टले बताए ।

हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा नयाँ दिल्लीमा छन् । उनी आफ्नी हजुरआमासँग घुम्नका लागि नयाँ दिल्ली गएकी थिइन् ।