कैलालीमा रहेको नयाँ बाटो सुधार केन्द्रको छतबाट हाम फालेर एक युवकको मृत्यु

अत्तरिया – कैलालीको घोडाघोडी नगरपालिका – ४ भालुफाटामा रहेको नयाँ बाटो पुनः स्थापना सुधार केन्द्रको छतबाट हाम फालेर एक युवकको मृत्यु भएको छ । सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको छतबाट हाम फालेर मृत्युु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

maya metro hospital

मंगलबार एकतले भवनको छतबाट हाम फालेर गम्भिर घाईते भएका शाहीको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय सुखडले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.