बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । बुधबार बिहान धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ –गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुनमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

maya metro hospital

घाइते हुनेमा पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ बर्षीय दिपक पार्की, उनका ८ बर्षीय छोरा छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ बर्षीय धनजीत पार्की, उनकी १५ बर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ बर्षीया कृष्णा पार्की रहेका छन ।

यस्तै यस्तै दुर्घटनामा डिलाशैनी गाउँपालिका ४ तडीबटा बस्ने ३३ बर्षीय करबीर सार्की र ७४ बर्षीय मनोरी सार्की पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

attariya hospital

घाइते मध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ । जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ बर्षीय सुरेन्द्र पुजारा फरार रहेका छन ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.