भुरिगाउँमा रहेको लघुबित्त कर्मचारि मिलन केन्द्रद्वारा ट्राफिक कोन सहयोग

बर्दिया – बर्दियामा रहेको ईलाका प्रहरी कार्यालयलाई ट्राफिक कोन सहयोग गरिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकामा अवस्थित करिब १९ लघुबित्त कर्मचारिको संस्था भुरिगाउ लघुबित्त मिलन केन्द्रले प्रहरी कार्यालयलाई ट्राफिक कोन सहयोग गरेको हो ।

maya metro hospital

स्थानिय क्षेत्रमा भईरहेको ट्राफिक जटिलतालाई सहज र दुर्घटना न्युनिकरणमा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई उक्त सामग्री सहयोग गरिएको केन्द्रका अध्यक्ष खेमराज ओझाले बताए । उनले नगरभित्र रहेका संघसंस्थाहरुले पनि यहाँका सामाजिक क्षेत्रमा आफ्नो उत्तरदायित्व बहन गर्न आवश्यक रहेको बताउदै उक्त सामग्रीले सडक दुर्घटनामा केही हद सम्म कमी आउने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओझाले उक्त सहयोग सामग्रीहरु ईलाका प्रहरी कार्यालय बगनाहाका कार्यालय प्रमुख नवराज शाहिलाई हस्तान्तरण गरेका थिए । सामग्री बुझ्दै शाहीले दुर्घटना न्युनिकरणमा केन्द्रले गरेको सहयोग सह्रानिय भएको बताए । उनले सडक दुर्घटनाको न्यूनिकरणका लागि सबैले एकबद्ध हुन आवश्यक रहेको पनि बताए ।

attariya hospital

सामग्री हस्तान्तरण कार्यक्रममा मिलन केन्द्रका उपाध्यक्ष सुक बहादुर थारु, ग्रामिण लघुबित्तका बरिष्ठ अधिकृत चक्र बहादुर शाहि, निर्धन उत्थान लघुबित्तका शाखा प्रबन्धक हरिभोल भट्टराई लगायत अन्य लघुबित्तका शाखा प्रबन्धकहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.