कैलालीमा कर्णाली नदी किनारमा एक पुरुषको शव फेला

अत्तरिया- कैलालीमा कर्णाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो ।

Karma Consultancy
belauri nagarpalika

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पहिचान नखुलेको कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरीरमा सेतो रंगको हाफ टिसर्ट र तल्लो शरीरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाइ ५ फिट ८ इन्च, कपाल हल्का फुलेको अवस्थाको पुरुषको शव फेला परेको छ ।

citizen security services

शव पहिचानको लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको र कसैले उक्त शवलाई चिनेमा सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.