धनगढीमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

धनगढी- धनगढीमा मोटरसाइकललाई स्कुटरले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलवार धनगढी उपमहानगरपालिका-४ सहिदगेटमा से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले पछाडिबाट ठक्कर दिएको हो ।

maya metro hospital

दुर्घटनामा मोटरसाइकल चालक धनगढी-४ का कुवेर कुँवर र स्कुटर चालक सोही ठाउँकी मन्जु भट्ट घाइते भएका छन् । कुँवरको नवजीवन अस्पताल र भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.