पाचौँ संस्करणको भेट्रान कप : अक्सनमा परेका खेलाडीको नाम सार्वजनिक

अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुन गैरहेको पाँचौ संस्करणको भेट्रान कप क्रिकेट प्रतियोगिताको अक्सनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । आयोजक संस्था पिएफए स्पोट्र्स क्लबले प्रतियोगीतामा अक्सन मार्फत खरिद विक्रिका लागि २७ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

Karma Consultancy

संस्थाले पहिलो पटक भेट्रान कप क्रिकेट प्रतियोगितामा सहभागी टिमहरुले अक्सनबाट खेलाडी खरिद गर्नुपर्ने नियम लागु गरेको थियो । प्रतियोगीतामा सहभागी ९ वटा टिमहरुले अनिवार्य रुपमा ३ जना खेलाडीहरु अक्सनबाट खरिद गर्नुपर्ने नियमानुसार अक्सनमा २७ वटा खेलाडीहरुको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए ।

citizen security services

उनले अक्सनमा खरिद विक्रि हुने खेलाडीहरुको न्युनतम रकम रु. ५ हजार देखी अधिकतम रु. १५ हजार सम्म रहने बताए । उनका अनुसार प्रतियोगीताको यसअघिका संस्करणहरुमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई अक्सनमा समावेश गरिएको छ । अक्सनमा समावेश गरिएका खेलाडीहरुमा १८ जना कैलाली र ९ जना कञ्चनपुरका रहेका छन । जसमा ९ जना अलराउण्डर, १० जना ब्याट्सम्यान, २ जना विकेटकिपर र ६ जना बलर सहभागी छन ।

attariya hospital

प्रतियोगीताका लागि अक्सन भने यही वैशाख २७ गते बिहान ९ बजे अत्तरियास्थित नमस्ते पार्टि प्यालेसमा हुने आयोजकले जनाएको छ ।
यही जेठ २ गतेदेखी सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टिमलाई नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगीतामा सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु. ५÷५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।

 

अक्सनमा परेका खेलाडीहरुको नामावली

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.