काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ ।


आज बिहान बागमती र कोशी प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद गंगा नगरकोटीले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन् ।
