अत्तरिया- कैलालीमा भन्सार छलीको सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा ७५ हजार मूल्य बढीका भन्सार छलीका सामान फेला परेका हुन् ।


प्रहरीका अनुसार हिजो धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, लम्कीचुहा नगरपालिका-१ राजिपुर र कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७५ हजार ४९५ मूल्यका सामान नियन्त्रणमा लिएको हो ।

प्याज, बिडी, सुर्ती, लसुन, पलाजु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
