अत्तरिया- कैलालीमा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरिबाना ठहर भई फरार रहेका दुई जना पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा जालसाजी मुद्दामा १५ लाख २०० रुपैयाँ जरिबाना ठहर भएकी धनगढी उपमहानगरपालिका-१३ बस्ने ६५ वर्षकी मन्धरादेवी राना र चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिबाना ठहर भएका गोदावरी नगरपालिका-९ बस्ने ३४ वर्षका दीर्घ पार्की रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
