अत्तरिया- बुढीतोलामा बस र मोटरसाइकल ठोक्किएका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका र उनलाई उपचारका लागि अस्पताल लगिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
