बैतडीमा श्रीमानद्वारा श्रीमतीमाथि चक्कु प्रहार

बैतडी – बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले आफ्नी श्रीमती ३२ बर्षीया वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

आइतबार घरको आगनमै वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

citizen security services

चक्कु प्रहारबाट वसन्तीको कम्मरमा घाउ भएको छ । उनको जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.