जङ्गलमा आगो लगाएको आरोपमा ५ जना पक्राउ

काठमाडौँ- काभ्रेका जङ्गलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

Karma Consultancy

पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।

citizen security services

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का मैते तामाङलाई सोधपुछ गरेर छोडिएको र अरुलाई मुद्दा चलाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.