खाेज्नुहाेस

बाजुराका दुई घर र एक गोठमा आगलागी

Image
file photo

अत्तरिया- बाजुराका दुई घर र एक गोठमा आगलागी भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-३ बस्ने अम्मर कट्टेलको ३ तले ९ कोठे कच्ची घर, पवन कट्टेलको २ तले गोठ र गौरी कट्टेलको घरमा आगलागी भएको हो ।

navjiwan hospital

शनिवार भएको आगलागीमा घर र गाईगोठ भित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले बताएको छ । मानवीय तथा चौपाया क्षति भने भएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।

attariya hospital

क्षतिको यकिन विवरण आउन बाँकी रहेको घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेह प्रहरी कार्यालय धनगढीले जनाएको छ ।